विद्युत अपडेट

  • प्राधिकरण : ८५०७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४५५३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०५२७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६६५७२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९२५ मे.वा.
२०८२ साउन २६, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ (दमौली) । अहिलेसम्म विद्युतीकरण नभएको तनहुँको घिरिङ गाउँपालिकामा बिजुली पुगेको छ । गण्डकी प्रादेशिक कार्यालय अन्तर्गतको लेखनाथ वितरण केन्द्रले त्यहाँ बिजुली पुर्याएको हो ।

गाउँपालिका वडा नम्बर १ र ४ का बन्टार, जगौलीटार र खुम्लिङटारका १०६ घरधुरीमा बिजुली बलेको केन्द्र प्रमुख परितोषकुमार चौधरीले बताए । ‘त्यस क्षेत्रमा अहिलेसम्म बिजुली पुगेको थिएन, हाम्रो प्रयास तथा स्थानीयदेखि सरोकारवाला सबैको सहयोगमा विद्युतीकरण गर्न सफल भएका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘४ वटा ट्रान्सफर्मर चार्ज गरी सिंगल फेजका करिब सय मिटर वितरण गरिएको छ ।’

बिजुलीले त्यस क्षेत्रलाई अँध्यारोमुक्त बनाएको गाउँपालिका प्रमुख रनबहादुर रानाले बताए । ‘गाउँपालिकामा निर्वाचित भएर आएदेखि नै म यस क्षेत्रमा विद्युत् ल्याउन लागेको थिए,’ उनले भने, ‘निरन्तरको प्रयासपछि आज सफल भइएको छ ।’

आफू निर्वाचित भएर आएपछि एक हजार ५ सयभन्दा बढी घरधुरीमा विद्युतीकरण भइसकेको उनले बताए । यस्तै, अघिल्लो सातामात्र वडा नम्बर ४ का गड्यौलीटार र नयाँटारका २२० घरधुरीमा बिजुली पुर्याइएको थियो ।

यसैगरी, घिरिङ विद्युतीकरण उपभोक्ता समूहका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाले विद्युतीकरणका लागि बजेट विनियोजन गरेको हुँदा काम सफल भएको बताए । गाउँपालिका उपाध्यक्ष सरस्वती सिग्देलले पनि विद्युतीकरणबाट गाउँलेहरूले फाइदा लिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३