विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ताप्लेजुङस्थित ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको यो आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्द्धित आयोजना हो ।

रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको आयोजनामा तथा रेमिट्यान्सकर्ताहरूको समेत लगानी रहने छ । एनएमबीले समझदारी पत्रमा हस्ताक्षरपश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने जनाइएको छ ।

आयोजनाको कूल लागत १८ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ । अहिलेसम्म एनएमबीले ४६ वटा जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशनअनुसार बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।
 
एनएमबी द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्याकंर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि  उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit