काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । यी दुई कम्पनीबाट मनाकामनामा आउने भक्तजनहरुलाई सहज र गुणस्तरको लागि गत शुक्रबार (२ गते) देखि अभियान सुरु गरेको हो ।
शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा द्वारा सो अभियानको सुरुवात गरेको बैंकले जनाएको छ । बैंकका अनुसार मनकामना मन्दिर परिसरमा पुजा सामाग्री, फलफुल, रेस्टुरेन्ट लगायत अन्य व्यवासय को भुक्तानी गर्न समेत अबदेखि विद्युतीय माध्यमबाट गर्न सकिनेछ ।
साथै, मन्दिरमा भेटी दान गर्दा समेत विद्युतीय माध्यमबाटनै गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।