विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) स्थापना भएको करिब ४५ वर्षमा ४० वटा जलविद्युत् कम्पनीको सेयर सूचीकृत भएको छ । यी आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका र निर्माण गरिरहेका कम्पनीहरू हुन् ।

सूचीकृतमध्ये अहिलेसम्म १४ जलविद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर वितरण गर्दै आएका छन् । बाँकी २६ कम्पनीले कुनै लाभांश दिएका छैनन् । लाभाांश तथा बोनस सेयर वितरण गर्नेमा अपि पावर कम्पनी पनि अगाडि छ ।

अपिले दार्चुलामा १६.८ मेगावाटबराबरका दुई आयोजना (नौगड गाड र माथिल्लो नौगड गाड) सञ्चालन गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७२÷७३ देखि नै नियमित नगद लाभांश तथा बोनस सेयर दिइरहेको छ । यद्यपि, दोस्रो बजारमा कम्पनीको सेयरको त्यति मूल्य छैन ।

उता २५ मेगावाटको काबेली बी–१ निर्माण गरी सञ्चालनमा ल्याएको अरुण काबेली पावर लिमिटेड आव २०७६/७७ मा ६ प्रतिशत नगद लाभांश र बोनस सेयर बाँडेको थियो ।

३ मेगावाटको पिलुवा खोला सञ्चालन गरिरहेको अरुण भ्याली हाइड्रो पावर एन्ड डेभलपमेन्ट कम्पनीले ९ वर्षदेखि बोनस सेयर वितरण गर्दै आइरहेको छ । कम्पनीले सबैभन्दा बढी २०६८/६९ र ६९/७० मा १५.७५, १५.७५ प्रतिशत लाभांश र बोनस सेयर वितरण गरेको थियो । यस्तै, ४.४५५ मेगावाटको हेवा खोला सञ्चालन गरिरहेको बरुण हाइड्रो पावरले २०७३/७४ र २०७६/७७ मा ५.२६ र ५.२६ प्रतिशत लाभांश र बोनस सेयर दिएको थियो ।

बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले ९.८ मेगावाटको आँधीखोला र १२.५ मेगावाटको झिमरुक खोला सञ्चालन गरिरहेको छ । कम्पनीले २०६६/६७ देखि नगद लाभांश र २०७४/७५ देखि बोनश सेयर वितरण गरिरहेको छ । कम्पनी पहिलो चरण (२०६६/६७) मा लाभांश मात्र ३० प्रतिशत दिएको थियो । चालू आर्थिक वर्षमा बोनस र लाभांश गरी २५ प्रतिशत दिएको छ ।

लमजुङमा २ मेगावाटको छन्दी खोला सञ्चालन छ्याङदी हाइड्रो पावर कम्पनीले पनि गत २ वर्षदेखि नियमित ५.२५ प्रतिशतका दरले लाभांश र बोनस सेयर दिइरहेको छ ।

यस्तै, २२ मेगावाटको चिलिमे सञ्चालन गर्दै आएको चिलिमे जलविद्युत् कम्पनीले ११ वर्षदेखि आफ्ना सेयरधनीलाई नियमित लाभांश र बोनस सेयर वितरण गर्दै आएको छ । कम्पनीले २०६७/६८ मा सबैभन्दा बढी ७० प्रतिशत लाभांश र बोनस सेयर दिएको थियो भने ७६/७७ मा २५ प्रतिशत दिएको छ । जलविद्युत्को सेयरमा ट्रेन्ड स्थापित गर्ने कम्पनी पनि चिलिमे नै हो ।

३.५२ मेगावाटको चर्नावती २०७० सालदेखि विद्युत् उत्पादन गरिरहेको छ । विद्युत् केन्द्र सञ्चालन गरिरहेको नेपाल हाइड्रो डेपलपर्सले २०७४/७५ मा ४.२१ प्रतिशत लाभांश र बोनस सेयर दिएको थियो । त्यसपछि दिएको छैन ।

ङादी ग्रुप पावरले २०७२/७३ देखि नियमीत नगद लाभांस दिइरहेको छ भने बोनस सेयर २०७३/७४ मा १० र २०७६/७७ मा १० प्रतिशत दिएको थियो । यो कम्पनीले लमजुङमा ५ मेगावाटको सिउरी खोला सञ्चालन गरिरहेको छ ।

४.४ मेगावाटको राधी स्मल सञ्चालन गरिरहेको राधी विद्युत कम्पनीले २०७४/७५ मा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उता रिडी हाइड्रोपावरले पनि ७ वर्षदेखि लाभांश र बोनस सेयर दिइरहेको छ । सबैभन्दा बढी २०७०/७१ र २०७१/७२ मा १०.५३ प्रतिशत दिएको थियो ।

सफल जलविद्युत् उत्पादक तथा उद्योगी घरानीयले सञ्चालन गरिरहको सानिमा माई हाइड्रो पावरले ३ वर्षदेखि बोनस सेयर र लाभांश दिइरहेको छ । यो कम्पनीले सिन्धुपाल्चोकमा २.५ मेगावाटको सुनकोसी, इलाममा २२ मेगावाटको माई र ७.५ मेगावाटको माई क्यासकेड सञ्चालन गरिरहेको छ ।

सिनर्जी पावर डेभलपमेन्टले २०७६/७७ मा ५ प्रतिशत लाभांस र बोनस सेयर दिएको थियो भने युनाइटेड मोदीले २०७३/७४ देखि नगद लाभांस दिइरहेको छ । कम्पनीले सबैभन्दा बढी २०७५/७६ मा ८.४२ प्रतिशत नगद लाभांस दिएको थियो । जसले पर्वतमा १० मेगावाटको तल्लो मोदी सञ्चालन गरिरहेको छ ।

अहिलेसम्म नगद लाभांस र बोनस सेयर नदिने आँखु खोला, दिव्यश्वरी हाइड्रो, घलेम्दी, हिमाल दोलखा, जोशी हाइड्रो पावर र खानी खोला छन् । यिनले क्रमशः धादिङमा ७ मेगावाटको आँखु खोला–१, ३.३ मेगावाटको सभा खोला, ५ मेगावाटको घलेम्दी, ८ मेगावाटको माइ क्यासकेड, ३ मेगावाटको माथिल्लो पुवा–१ र ४.३६ मेगावाटको टुङ्गुन÷ठोस्ने तथा २ मेगावाटको खानी खोला सञ्चालन गरिरहेका छन् ।

नगद लाभांश तथा बोनस सेयर नदिनेमा नेशनल हाइड्रो पावर, पञ्चकन्या माई, पाँचथर पावर, हिमालयन ऊर्जा छन् । यिनले क्रमशः ७ मेगावाटको इन्द्रावती–३, १२ मेगावाटको माथिल्लो माई, १४.९ मेगावाटको हेवा खोला ‘ए’ र १९ मेगावाटका दुई आयोजना सञ्चालन गरिरहेका छन् । हिमालयन ऊर्जा विकासले निर्माण गरेका आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनको अभावले केन्द्रीय प्रणालीमा जोडिन सकेका छैनन् ।

माउन्टेन इनर्जी नेपाल पनि केही समय अगाडि नेप्सेमा सूचीकृत भएको छ । जसले म्याग्दीमा ४२ मेगावाटको मिस्ट्री खोला निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाको विद्युत् भोलि (बुधबार बैशाख २९ गते) देखि प्रणालीमा जोडिँदैछ । यो निजी क्षेत्रले निर्माण गरिरहेका मध्ये सबैभन्दा सस्तो आयोजना हो । जसको प्रतिमेगावाट लागत १३ करोड रुपैयाँ हाराहारी छ ।

४० मेगावाटको खानी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला २२.२ मेगावाटको तल्लो हेवा निर्माणाधीन छन् । यी आयोजना क्रमशः ग्रिन लाइफ, लिवर्टी इनर्जी, हिमाल पावर पार्टनर र माउन्टेन हाइड्रो नेपालले निर्माण गरिरहेका छन् ।

यस्तै, रैराङ हाइड्रो पावर, रसुवागढी हाइड्रो पावर, रुरु जलविद्युत परियोजना, सान्जेन जलविद्युत कम्पनी, शिवश्री हाइड्रोप ावर, सिंगटी हाइड्रो पावर, युनियन हाइड्रो पावर, युनाइटेड इदी मर्दी, युनिभर्सल पावर कम्पनी, काबेली पावर र अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको सेयर सूचीकृत छ । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले बैशाख २१ गते सेयर निष्कासन सम्पन्न गरेको छ ।

उता नेपाल धितापत्र बोर्डमा एक दर्जन जलविद्युत् कम्पनीले ३ करोड ६७ लाख ७९ हजार ७ सय २६ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् । सन् १९७६ मा स्थापना भएको सेक्युरिटिज एक्सचेन्ज सेन्टरलाई सरकारले सन् १९९३ मा नेप्सेमा रूपान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit