काठमाडौं । अप्पर लोहरे हाइड्रो पावर कम्पनी लिमिटेडले २४ लाख कित्ता साधरण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले दैलेख जिल्लाको लोहरे खोलामा निर्माणाधीन ४ मेगावाटको माथिल्लो लोहरे खोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेकाे छ । कम्पनीले साधारण सेयर निष्कासन अनुमतिको माग गर्दैै नेपाल धितोपत्र बोर्डमा असोज १३ गते आवेदन दिएको हो ।
बोर्डबाट अनुमति पाउने लगतै पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर निष्कासन गरिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेकाे छ ।