images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रो पावर कम्पनी लिमिटेडकाे सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी ८० करोड रकमको १० प्रतिशत अर्थात ८ करोड रकम बराबरको सय रुपैयाँ अंकित ८ लाख कित्ता सेयर आयोजना प्रभावति क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५,६,७, ८, बिगु गाउँपालिका वडा नम्बर ४ र कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जारी पूँजी २५ प्रतिशत अर्थात २० करोड रकम बराबरको सय रुपैयाँ अंकित २० लाख कित्ता सेयरमध्येको १० प्रतिशत हुन आउने अर्थात २ लाख कित्ता सेयर वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरेको हो । 

प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन्  । स्थानीयले छिटोमा साउन २ गतेसम्म तथा ढिलोमा १७ गेसम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागगरिकले साउन २ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखा जिल्लामा ५ मेगावाटको घट्टे खोला जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit