विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन जलविद्युतकम्पनीको प्राथमिक निष्काशन (आईपीओ) सूचीकृत भएको छ ।

नेप्सेको साउन ३१ गतेको निर्णय अनुसारअपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओसूचीकृत भएको हो ।सूचीकृत भएसँगै बुधवारदेखि यी कम्पनीको शेयर कारोबारयोग्यभएको छ ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण तर्फको समेत १ करोड ३५ लाखकित्ता शेयर सूचीकृत गरेको हो । कम्पनीले संस्थापक तर्फको ७५ दशमलव ५ प्रतिशत र सर्वसाधारणतर्फको स्थानीयमा वितरण गरिएको १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणमा जारी गरिएको १४ दशमलव ५ प्रतिशत शेयर सूचीकृत गराएको हो । 

नेप्सेले युएसएचईसी संकेतबाट कम्पनीको शेयर कारोबार खुलाहुने गरी पहिलो कारोबारका लागि खुला मूल्य प्रतिकित्ता न्यूनतम रू. १०८ दशमलव २१ देखिअधिकतम रू. ३२४ दशमलव ६३ सम्मतोकेको छ । कम्पनीको शेयर रजिष्ट्रारको सेवा दिनेमा एनएमबि क्यापिटल रहेको छ ।

यसैगरी, मंगलवार नै श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले पनि १ करोड ५९ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको छ । नेप्सेले एसजीएचसी स्टक संकेतबाट कम्पनीको उक्त शेयर सूचीकृत गराएको हो । कम्पनीको सूचीकृत कुल कित्ता शेयरमध्ये संस्थापक तर्फ ७० प्रतिशत, स्थानीय तर्फ १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व रहेको छ । 

श्वेत गंगा हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता रू. ८९ दशमलव ८८ देखि अधिकतम रू. २६९ दशमलव ६४ सम्मको मूल्यरेञ्ज तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धीकामको जिम्मा सानिमा क्यापिटल लिमिटेडले लिएको छ । 

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पनिकुल ५८ लाख ८० हजार ३६९ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । यस कम्पनीको शेयर एमएचएल स्टक संकेतबाट सूचीकृत भएको छ । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत, स्थानीयतर्फ १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको पहिलो शेयर कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम रू. १०२ देखिअधिकतम रू. ३०६ सम्मको मूल्यरेञ्ज तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यी कम्पनीहरूको शेयर कारोबार नेप्सेले तोकेको मूल्य सीमाका आधारमा स्पेशल प्रि–ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित कारोबारमा बेचबिखन हुनेछ । तीन कम्पनीको आयोजनाप्रभावित स्थानीयतर्फको शेयर भने आगमी तीन वर्षसम्म लक इन पिरियडमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit