विद्युत अपडेट

  • प्राधिकरण : ७८१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४७४३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२५९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६५९८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०६० मे.वा.
२०८२ असोज २३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । तामाकोसी–बाह्रबीसे ४ सय केभी प्रसारण लाइनको निर्माण पूरा भएको छ । तामाकोसी–बाह्रबीसे–काठमाडौँ प्रसारण लाइन आयोजनाका सहायक प्रबन्धक गजेन्द्र यादवले उक्त काम पूरा भएको जानकारी दिए ।

यादवका अनुसार ११८ वटा टावर र ४४ किलोमिटर प्रसारण लाइनको सम्पूर्ण काम पूरा भएको जानकारी छ । ‘प्रसारण लाइनको सम्पूर्ण काम पूरा भएको छ’ उनले भने, ‘केही दिनमै प्राविधिक परीक्षण गछौँ ।’ न्यू खिम्ती सबस्टेसन र बाह्रबीसेमा निर्माणाधीन ४ सय केभी सबस्टेसनको प्राविधिक केही काम पूरा नभएकाले चार्ज गर्न ढिला भए पनि अब २२० केभी सबस्टेशनबाट बाइपास गरेर परीक्षण हुने उनको भनाइ छ ।

दुवै सबस्टेसन १०/१२ दिनभित्र पूरा गरी परीक्षण हुने उनले जानकारी दिए । तामाकोसी र सुनकोसी नदी कोरिडोरमा उत्पादित विद्युत् काठमाडौँसम्म पुर्‍याउन तामकोसी–काठमाडौँ ४ सय केभी प्रसारण लाइनअन्तर्गत २ प्याकेजमा काम गरिएको थियो । पहिलो खण्ड तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबीसे) सम्मको काम भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले गरेको छ ।

कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालन गर्न १ करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको थियो । पहिलेको चिनियाँ कम्पनीसँगको ठेक्का तोडिएपछि केइसीसँग सन् २०२१ अक्टोबरभित्र पूरा गर्ने गरी २० मे, २०१९ मा ठेक्का सम्झौता भएको थियो । समयमा पूरा हुन नसक्दा ६/६ महिना समय थप हुँदै छ ।

आयोजनाको १५ प्रतिशत भेरियसन पनि भइसकेको जनाइएको छ । पहिलो प्याकेजको रामेछाप, दोलखा र सिन्धुपाल्चोक ३ जिल्लामा पर्छ । आयोजनाले टावरले ओगटेको जग्गाको मुआब्जा वितरण पूरा गरेको छ भने तारमुनी पर्ने जग्गाको क्षतिपूर्ति वितरणको काम करिब सकिएको छ ।

खिम्ती–बाह्रबीसे प्रसारण लाइन बनेपछि सिन्धुपाल्चोकमा निर्मित १०२ मेगावाटको मध्यभोटेकोसीको विद्युत् यसैमार्फत ढल्केबर पुर्‍याएर पूर्व–पश्चिम वितरण हुन्छ । एक वर्ष अघि नै काम पूरा भएको मध्यभोटेकोसी परीक्षणका क्रममा सुरुङबाट पानी चुहिएपछि सुरुङ मर्मतमा ढिलाइ भएको छ । डेढ वर्ष अघि नै प्रसारण लाइन अभावमा आयोजनाको विद्युत् खेर जाने चिन्ता थियो ।

दोस्रो प्याकेजअन्तर्गत बाह्रबीसे–काठमाडौँ–लप्सीफेदी पर्छ । लप्सीफेदीमा सबस्टेसनको काम पूरा नहुँदा मध्यभोटेकोसीको विद्युत् खिम्ती–बाह्रबीसे लाइन हुँदै प्रसारण गर्नुपर्ने बाध्यता देखिएको छ ।

सोही आयोजना अन्र्तगत ४ सय केभी बाह्रबीसे सबस्टेसनको काम भने सुस्त गतिमा भइरहेको छ । २ वर्षमा पूरा गर्ने गरी सन् २०१७ डिसेम्बरमा ठेक्का सम्झौता भए तापनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत सबस्टेसन पर्छ । बाह्रबीसे सबस्टेसनको ठेक्का चिनियाँ दुई कम्पनी ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले पाएका छन् । ढिला भए पनि सबस्टेसनको काम पूरा भएको छ । अब सबस्टेसनमा जोडिएका उपकरणको परीक्षण मात्रै बाँकी रहेको पनि यादवले बताए ।

ढिला भए पनि बाह्रबीसे–लप्सीफेदीको १२२ वटा टावर र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । लप्सीफेदी सबस्टेसन तयार नहुँदासम्म भने यसको काम पूरा भए पनि प्रयोगमा आउन सक्दैन । अहिले लप्सीफेदी सबस्टेसनको काम सुरक्षाकर्मी परिचालन गरेर अगाडि बढाइएको छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण लगानीमा खिम्ती–बाह्रबीसे–काठमाडौँ प्रसारण लाइन निर्माण भइरहेको छ । लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै नवलपरासीको बर्दघाटसम्मको लाइन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत निर्माण हुने छ । लप्सीफेदी सबस्टेसन तयार भएपछि मात्रै सुनकोसी र तामाकोसी कोरिडोरमा उत्पादित विद्युत् काठमाडौँसम्म ल्याउन सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३