काठमाडौं । पिपुल्स पावर कम्पनीले लिमिटेडले आगमी मंगलबारदेखि २४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साधारया सेयर निष्कासन गर्न लागको हो ।
सय रुपैयाँ अंकित २४ करोड ६७ लाख ४० हजार रुपैया बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनले जानएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयर मध्ये २ प्रतिशत हुन आउने अर्थात ४९ हजार ३ सय ४८ कित्ता सेयर कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत हुन आउने अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।
बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
सर्वसाधारणले छिटोमा भदौ ५ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत ५० हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।