images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनी सदस्यलाई बोनस सेयर र नगद लभांस दिने घोषणा गरेको छ । कम्पनीको गत २४ गते बसेको सञ्चालक समितीको बैंठकले लगानीकर्तालाई बोनस र लाभांस दिने घोषणा गरेको हो ।

सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात ७ करोड ३३ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर ०.५२६३ प्रतिशत अर्थात ३८ लाख ५९ हजार ९४ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतशित अर्थात २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने पनि घोषणा गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि बोनस र लाभांस वितरण गरिनेछ ।

कम्पनीले आव ७६/७७ मा पनि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस दिएको थियो । कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै, कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको होङगु खोलामा ४० प्रतिशत स्वपुँजी लगानी गर्ने भएको छ ।आयोजनाको प्राधिकरणसँग विद्युत खरिद सम्झौता सम्पन्न भई सानिमा बैंकको अगुवाईमा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit