विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गरे । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने उनले विश्वास व्यक्त गरे ।

२ मुलुकबीच मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘अष्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार रहँदै आएको छ, नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट सहयोग प्राप्त गर्दै आएको छ।’

अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अष्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

‘नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज, दिगो र अपरिवर्तनीय बनाउन र नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि तथा साझेदारी आवश्यक छ’, मन्त्री भण्डारीले भने, ‘यस सन्दर्भमा व्यापार, लगानी तथा पर्यटनलगायत क्षेत्रमा नेपालले अष्ट्रेलियाबाट थप सहयोगको अपेक्षा गरेको छ, अष्ट्रेलियामा रहेर महामहिमले यस क्षेत्रमा सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

लगानीको दृष्टिकोणबाट समेत अष्ट्रेलिया प्रमुख मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालमा सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेकाले लगानीको पहलका लागि राजदूत भोल्कसमक्ष आग्रह गरे ।

सो अवसरमा राजदूत भोल्कले आगामी दिनमा २ देशबीचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरिन् । साथै उनले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवर्द्धन समितिको पहिलो बैठक २ मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा राखिन् ।

राजदूत भोल्कले अष्ट्रेलियामा रहँदासमेत नेपाल र नेपालीको हकहितको विषयमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन् ।

भेटघाटका अवसरमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीलगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३