विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले नियमितरूपमा वित्तीय विवरण नबुझाएको भन्दै बन्द भएको कारोबार साेमबारदेखि खुलाएकाे हो ।

कम्पनीले अबदेखि नियमितरूपमा वित्तीय वितरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपछि कारोबार फुकुवा गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । काराेबार खुलेसँगै कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । 

 नेप्सेले लगानीकर्ताको उजुरीपछि वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै गत २० गतेदेखि खानीखोलाको कारोबार रोकेको थियो ।कारोबार रोक्का भएपछि कम्पनीले गत जेठ २३ गते चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय वितरण सार्वजनिक गरेको थियो । 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीलाई ९ करोड ९० लाख ५७ हजार रुपैयाँ खुद घाटा छ । खानी खोलाले ४.३६ मेगावाटको टुंगुनरठोस्ने र २ मेगावाटको खानी खोलाबाट विद्युत उत्पादन गरिरहेको छ । प्रसारण लाइन समस्याले लामो समय पूर्ण क्षमतामा चल्न नपाउँदा खानीखोला घाटामा गएको हो ।

प्रसारण लाइन समस्याकै कारण खानीखोलाले विद्युत बिक्रीबाट हुने ४० करोड रुपैयाँ बराबरको आम्दानी गुमाएको थियो । यही कारण पनि उसको वित्तीय विवरण ऋणात्मक देखिन पुगेको हो । अहिले कम्पनीले सञ्चालन गरेको जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३