विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको राधी विद्युत कम्पनी लिमिटेडले भोली (बुधबार) देखी हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई हकप्रद सेयर जारी गर्न लागेको हो । 

सय रुपैयाँ अंकित ९५ लाख ३५ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल कायम पुँजीको १ बराबर १.४७ को अनुपातमा सेयर निष्कासन गर्न लागिएको हो । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । आवेदकले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ जेठ ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

कम्पनीको विगत वर्षहरुदेखि नै सेयरधनीहरूलाई बोनस, सेयर, नगद लाभांश प्रतिफल दिँदै आएको छ । अहिले दोस्रो बजारमा कम्पनीको सेयर किनबेचलाई आकर्षणको रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३