विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले बंगलादेशमा बढ्दै भएको ऊर्जा मागलाई पूरा गर्न दुई देशबीच सहकार्य र सहयोग आवश्यक रहेको बताएका छन् । ‘नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र सहकार्य’ बारे बंगलादेशको ढाकामा भएको छलफलमा बोल्दै मन्त्री साउदले उक्त कुरा राखेका हुन् ।

दुई देश र सरोकारवालाबीच ऊर्जा क्षेत्रमा सहकार्य बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ऊर्जा सहयोगमा दुई देशबीचको बराबरी साझेदारी कायम गर्नुपर्नेमा उनको जोड थियो । उनले ऊर्जा व्यापार सफल बनाउन कनेक्टिभिटी अभिवृद्धि गरी जलविद्युत क्षेत्रमा उपलब्ध अवसरलाई सदुपयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

नेपालका लागि बंगलादेशका राजदूत घनश्याम भण्डारीले दुवै देशको आर्थिक उन्नति र दिगो विकासका लागि ऊर्जा सहयोग सुदृढ गर्नुपर्ने बताए । बंगलादेशी प्रधानमन्त्रीका उद्योग एवं लगानी सल्लाहकार सल्मान फजलुर रहमानले ऊर्जा क्षेत्रमा सहकार्यका अवसरमा जोड दिँदै नेपाल र बंगलादेशबीचको साझेदारीले पछिल्लो समयको बढ्दो ऊर्जाको माग पूरा गर्न सकिने बताए ।

यस्तै, छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले बंगलादेशसँग ऊर्जा विकासमा सहयोग वृद्धि गर्न प्रतिबद्ध रहेको बताउँदै ऊर्जा व्यापारलाई चाँडै टुंगोमा पुर्याउन नेपाल इच्छुक रहेको बताए । बंगलादेशका ऊर्जा सचिव मोहम्मद हबिबुर रहमानले ऊर्जा क्षेत्रको विकासका लागि अघि बढ्न तयार रहेको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले बंगलादेशबीच ऊर्जा क्षेत्रमा हुन सक्ने सहकार्यबारे प्रस्तुति दिँदै बंगलादेशको निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको धारणा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit