विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

महेन्द्रनगर । झण्डै डेढदशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहर निर्माणमा अर्बौ रुपैया खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजनाको सुरुआतयता अहिलेसम्म रु चार अर्ब ९२ करोड खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले जानकारी दिए ।

हालसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले रु दुई अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । नेपाल–भारत सिमानाभन्दा वर (भीमदत्त नगरपालिका–९) मा छुटेको २२० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ ।

मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिलासुस्ती  हुनाका साथै आयोजनाले आर्थिक अभावसमेत झेल्दै आएको छ । ‘आगामी असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ,’ इञ्जिनीयर पण्डितले भने, ‘आगामी वर्ष भित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्याउने गरी काम गर्दैछौँ ।’

शाखा नहर निर्माणका लागि मुआब्जा दिनुपर्ने जग्गाको सर्भेक्षणलगायत काममा भएको ढिलाइका कारण बनाइएको नहर पनि उम्रेको घाँसगायतले कतिपय ठाउँमा पुर्न थालेको भीमदत्त नगरपालिका–८ तिलाचौरका स्थानीयवासीको भनाइ थियो ।

कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको आयोजनाअन्तर्गत महाकाली नदीबाट एक हजार २०० मिटर लामो मूल नहर भारतले बनाइदिनुपर्ने थियो । आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ ।

सोही क्रममा महाकाली नदीमा हेडरेगुलेटरलगायत नहरको काम भारतले बनाइसके पनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ । ‘कञ्चनपुरमा २२ शाखा नहर निमार्णका लागि गृहकार्य भइरहेको छ,’ इञ्जिनीयर पण्डितले भने, ‘करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिँचाइ सुरु हुन्छ ।’

भारतले पनि महाकाली सन्धिअनुसार नेपाली सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गर्न दुई दशकसम्म आनाकानी गरेको थियो । गत वर्षदेखि उक्त काम थालेको भारतीय पक्षले अहिले भने काम सकिसकेको छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्बको लागत अनुमान गरिए पनि र आयोजनाले तोकिएको रकम तथा लामो समय खर्चिसके पनि पानी भने दिनसकेको छैन ।

यहाँको भीमदत्त नगरपालिका–८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले नहर निर्माण भएको लामो समय भइसक्दा पनि सिँचाइ सुविधा पाउन नसकेको गुनासो गरे ।

‘नहरमा पानी बगेको भए धेरै किसानलाई माछा पालनदेखि आयमूलक रोजगारीमा लाग्न पनि सहज हुने आशा थियो,’ उनले भने, ‘किसानलाई सिँचाइका लागि वडा र प्रदेश सरकारबाट बोरिङ जडान र भूमिगत सिँचाइको प्रबन्ध मिलाएका छौँ,’ वडाध्यक्ष विष्टले बितेको चार वर्षमा वडामा २२ वटा बोरिङ जडान र भूमिगत सिँचाइ संरचना बनाइसकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३