विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभीको अमरपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सुरु गरेको छ । प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको हो ।

झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि संखुवासभाको बसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको २२० केभी कोसी कोरिडोर प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर–ढुंगेसाँघु लाइन निर्माण सुरु गरिएकाे जनाइएकाे छ । कोसी कोरिडोर अन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ भने सन्तपुर–ढुंगेसाँघु खण्डको निर्माण अन्तिम चरणमा छ । यसैगरी, काबेली कोरिडोर पनि सञ्चालनमा छ ।

हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दा लगायतको उपस्थितिमा सोमबार लाइनको टावर निर्माण शिलान्यास गरिएको छ । २०० मेगावाट विद्युत प्रवाह हुने करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नु पर्नेछ ।

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूको विद्युत्‌लाई विश्वसनीय तथा प्रभावकारी रुपमा प्रवाह गर्न यो लाइन निर्माण गर्न लागिएको आयोजना प्रमुख अनुप गौतमले बताए । उनका अनुसार कोसी र काबेली कोरिडोर प्रसारण लाइन एक आपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली कोरिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोसी कोरिडोरतर्फ पठाउन सकिन्छ ।

यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ हुने उनले जानकारी दिए । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ ।

नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/७६ मा आयोजनाकाे निर्माण प्रक्रिया सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई/दुईवटा लाइन बे निर्माण गरिने छ ।

यसका अतिरिक्त स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिने छ । लाइन बे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षभित्र ठेक्का लगाइने छ । आयोजना अन्तर्गतका सम्पूर्ण कामहरू आर्थिक वर्ष २०८१/८२ मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit