विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

चितवन । चितवनसहित ३ जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन् । सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग गर्दै आएका छन् ।

कार्यालयमा हालसम्म स्यालो ट्युवेल २५० र डिप ट्युवेल ४० वटा माग भएकामा बजेट अभावले चालु आर्थिक वर्षमा ६२ वटा योजना मात्रै कार्यान्वयन गर्ने तयारी भएको हो ।

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार चितवनमा ३८, मकवानपुरमा ५ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १९ वटा आयोजना सञ्चालन गरिँदै छ । चितवनको इच्छाकामना गाउँपालिकाबाहेक अन्य सबै पालिकामा आयोजना कार्यान्वयन हुने उनले बताए ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका तथा मनहरी, बकैया र बागमती गाउँपालिकामा आयोजना सञ्चालन हुने केसीले जानकारी दिए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु र विनय त्रिवेणी नगरपालिकामा आयोजनाको काम हुने उनले बताए ।

आयोजना प्रमुख केसीले भने, ‘अन्तय जिल्लाको तुलनामा चितवनका किसानले बढी माग गर्नुभएको छ । मागअनुसार आयोजना भने पर्न सकेको छैन ।’ यी आयोजना सम्पन्न गर्न ४० करोड रूपैयाँ बजेट विनियोजन भएको जनाउँदै तोकेर आयोजना आएकाले किसानका मागअनुसार काम गर्न नसकिने उनले उलेख गरे । 

विसं २०७७ मा स्थापना भएको यस कार्यालयले हालसम्म लिफ्ट सिँचाइ ११ र डिप बोरिङ ९८ वटा जडान गरी ३ हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको छ ।

वैकल्पिक सिँचाइको अभाव भएका स्थानमा संयोजनात्मक सिँचाइले काम गर्दै आएको केसीले जानकारी दिए ।

अघिल्ला वर्षमा मकवानपुर र चितवन मात्रै हेर्दै आएको यस आयोजनाले यस वर्ष नवलपुरमा थप गरेर काम गर्दै आएको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३