विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङ र गोरखाको सिमा भएर बग्ने चेपे खोलामा चम्पावती हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाको काम सम्पन्न गर्न अझै ९ महिना लाग्ने भएको छ । २०७७ माघदेखि निर्माण सुरु भएको आयोजनाको काम सम्पन्न गर्न ९ महिना लाग्ने भएको हो ।

निर्माण सुरु भएको २ वर्षमा आयोजनाको ५५ प्रतिशत काम पूरा भएको आयोजनाका इन्जिनियर सुर्दशन ढकालले बताए । उनका अनुसार विविध समस्या र स्थानीयको अवरोधका कारण दुई वर्षका करिब आधा मात्र काम सकिएको छ ।

‘सुरूकाे तालिका अनुसार आयाेजनाबाट आगामी पुसभित्र उत्पादन सुरू गर्नुपर्ने हाे, तर, केही समय ढिला हुने भएकाे छ’, उनले ऊर्जाखबरसँग भने, ‘पछिल्लो समय काम तिव्र गतिमा भएको थियो, स्थानीयले आयोजनाको साइट कार्यालय तोडफोड गरी स्काभेर, मेसिन, सवारीमा आगजनी गरेका छन्, यसले गर्दा काममा असर परेको छ ।’

‘निर्धारित समय आगामी बर्खायाम भित्रनै उत्पादन गर्ने गरी काम अघि बढाउइने छ’ उनले थपे । आयोजनाको बाँध, पेनस्टक, विद्युतगृह सबै क्षेत्रका काम एकसाथ अघि बढेको छ ।

आयोजनाको बाँधको मुख्य काम सकिएको छ । यो क्षेत्रको ९० प्रतिशत काम पूरा भएको छ । ३.६ किलोमिटर लामो पेनस्टक पाइपलाइको काम पनि तिव्र गतिमा भएको छ । पाइपलाइनको करिब ५०० मिटर खन्न बाँकी छ,  भने ४०० मिटर पाइप राख्ने काम सकिएको छ । विद्युतगृहको सिभिल संरचनाको काम भइरहेको छ ।

आयोजनाको सबै काम आगामी बर्खाभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना पूरा भएपछि उत्पादित विद्युत पालुङटार सबस्टेसनमा जोड्ने योजना भएपनि अब ३ किलोमिटर दुरीमा रहेको पराजुली भन्ने गाउँको लाइनमा लुपइन लुप आउट गरी जोड्ने योजना छ ।

लाइन निर्माणको काम सुरु गर्ने तयारी भइरहेको छ । आयोजना सम्पन्न गर्न १ अर्ब ३२ करोड रुपैयाँ  लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रीतशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनाबाट वार्षिक ४१.३७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३