विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको दोस्रो युनिटको ७६ मेगावाट विद्युत यही साता राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । पहिलो युनिट सञ्चालनमा आइसकेपछि दोस्रो युनिट पनि प्रसारण प्रणालीमा जोड्ने तयारी भएको हो ।

अबको २ देखि ३ दिनभित्र दोस्रो युनिटको ७६ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्राे पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘असारभित्रै दोस्रो युनिट सञ्चालन गरी १५२ मेगावाट विद्युत उत्पादन गर्दैछौं,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण प्रणालीमा जोड्ने तयारीका लागि अहिले परीक्षण भइरहेको छ ।’

उनले पहिलो युनिट सञ्चालनमा ल्याउन समय लागे पनि अब बाँकी युनिटको उत्पादन सुरु गर्ने कार्य पहिलेभन्दा सहज हुने बताए । आयोजनाको विद्युतगृहमा ६ वटा युनिट छन् । हरेक युनिटको क्षमता ७६ मेगावाट छ ।

दोस्रो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि २/२ साताको फरकमा बाँकी ४ वटा युनिटबाट पनि उत्पादन सुरु गरिने उनले बताए । हरेक २ साताको फरकमा उत्पादन सुरु गर्दा ४ वटा युनिट सञ्चालनमा ल्याउन २ महिना लाग्नेछ ।

गत साता (असार २१ गते, सोमबार) तामाकोसीको पहिलो युनिटबाट उत्पादन सुरु गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाकोसीको उद्घाटन गरी उत्पादन सुरु भएकाे घाेषणा गरेका थिए ।

आयोजनाले उत्पादन गरेको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती– ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२० केभी सबस्टेसनमा पुर्याएको छ ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता ९४५६ मेगावाट० उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । यसो हुँदा विद्युत्को उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ ।

यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ । २०६७ भदौमा मुख्य संरचनाको निर्माण सुरु गरी ६ वर्ष अर्थात् २०७३ असारमा सम्पूर्ण काम पूरा गर्ने लक्ष्य थियो । तर, मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ सालमा गएको भूकम्प, लगत्तै भारतले गरेको नाकाबन्दी, कामदारको अवरोध हुँदै कोरोना महामारीले निर्माणलाई झन्डै ५ वर्ष पछाडि धकेलिदियो ।

सुरुमा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अहिले यो करिब ८० अर्ब रुपैयाँ पुगिसकेको छ । जसमा गोंगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर प्रसारण लाइनको लागतसमेत जोडिएको छ ।

सुरुमा प्रतिमेगावाट ९.३२ करोड रुपैया लागत अनुमान गरिएको आयोजना अहिले १८.६४ करोड रुपैयाँ पुगेको देखिन्छ । यद्यपि, तामाकोसीलाई हाल सञ्चालनमा रहेको कालीगण्डकीसँग तुलना गर्दा निकै सस्तो देखिन्छ । करिब ५ वर्षमा निर्माण पूरा भएको कालीगण्डकीको लागत ५० अर्ब रुपैयाँ पुगेको थियो । जसअनुसार यसको प्रतिमेगावाट लागत ३४.७२ अर्ब हुन जान्छ ।

आयोजनाको टेलरेसबाट निस्किएको पानी उपयोग गरी अर्को १०० मेगावाटको तामाकोसी पाँचौंको निर्माण अगाडि बढाइएको छ । उता तामाकोसीको जलाशयमा रोल्वालिङको पानी मिसाएपछि हिउँदका ८ महिनामा २२ करोड युनिट विद्युत् थपिनेछ ।

रोल्वालिङको पानी ल्याउन ७ किलोमिटर लामो सुरुङ र हेडवक्र्स निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । सुरुङबाट ल्याइएको पानीबाट अर्को २० मेगावाटको आयोजना निर्माण हुनेछ । जसबाट थप १० करोड युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३