विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले आफ्नो सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँको २१ प्रतिशतले हुन आउने ७९ करोड ३८ लाख रुपैयाँ बराबरको ७९ लाख ३८ करोड रुपैयाँ बराबरको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीले उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको शतप्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई कम्पनीको मंसिर २४ गते हुने २०८०÷८१ को बाह्रौँ वार्षिक साधारणसभामा विशेष प्रस्तावको रूपमा लगेर पारित गराउने जनाएको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् केन्द्र निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ । त्यस्तै, सहायक कम्पनी टाइम्स इनर्जी प्रालिमार्फत गोरखाको चुमनुब्री गाउँपालिकामा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३