विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ८.३ मेगावाटको माथिल्लो देउमाई साना जलविद्युत आयोजना निर्माण हुने भएको छ । इलाम जिल्लाको देउमाई नगरपालिका भएर बग्ने देउमाई खोलामा पहिचान भएको आयोजना वाटर इनर्जी सोलुसनले अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव  पठाउन सरोकारवाल समक्ष आग्रह गरेको छ ।

सरोकारवालाले राय/सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको मुख्य संरचना खोलाको दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

देउमाई नगरपालिकामा बाँध बाँधी २ हजार ४ सय ८४ मिटर मिटर लामो हेडरेस पाइप र ५ हजार ९ सय ९० मिटर पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडान भएको २ वटा टर्वाइनमा पानी खसाली सो टर्वाइनमा जोडिएको ३ फेजको जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक सरदर ४९.४० गिगावाट घण्टा विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट २०७९ फागुन १६ गतेदेखि विद्युत उत्पादन सुरु हुने गरी प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादीत विद्युत ३३ केभी लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चिसापानी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३