विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मेन्छियाम हाइड्रो पावर लिमिटेडले १२.४२ मेगावाटको विद्युत प्रवाह हुने १२.२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले उक्त मेगावाटको विद्युत प्रवाह हुने ३३ केभीको सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

प्रदेश नम्बर १ अन्तर्गत संखुवासभाको चैनपुर नगरपालिकामा अवस्थित माथिल्लो पिलुवा खोला–२ बाट उत्पादन हुने ४.७२ मेगावाट र माथिल्लो पिलुवा खोला–१ जलविद्युत आयोजनाबाट उत्पादन हुने ७.७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रसारण लाइन माथिल्लो पिलुवा खोला–२ को स्वीच्यार्डबाट सुरु भइ माथिल्लो पिलुवा खोला–१ जलविद्युत आयोजनाको स्वीच्यार्ड हुँदै संयुक्त रुपमा सोही नगरपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरण्को बानेश्वर सबस्टेसनमा जोडिनेछ ।

प्रसारण लाइन निर्माण गर्दा २७७ वटा पोलहरु जडान गरिनेछ । जमिनको सतहबाट पोलको औसत उचाई ११ देखि १३ मिटर तथा पोलहरु बिचको औसत दुरी ५० मिटर देखि ६० मिटरको हुनेछ ।

आयोजना निर्माणकाे लागि ७.५८२ हेक्टर जमिन आवश्यक पर्ने अध्ययनले देखाएको छ । यो प्रसारण लाइन ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भु–क्षय, बाढी, वायु प्रदुषण आदि द्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit