विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९ औँ वार्षिक साधारण सभा असाेज १८ गते हुने भएकाे छ । भदाै २३ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभाकाे मिति र स्थान तय गरेकाे कम्पनीले जनाएकाे छ । 

कम्पनीले सभामा अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने जानकारी दिएकाे छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वार्षिक आम्दानी–खर्चको विवरण र आव २०८०/८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धी छलफल गर्ने जनाएको छ । साथै २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिकसमेत सभाले तय गर्ने भएको छ । 

साधारण सभा काठमाडाैँकाे स्युचाटारस्थित गौरव इभेन्ट्स, गौतम प्लाजामा बिहान ८ बजे हुने जानकारी गराएको छ । 

कम्पनीले बाग्लुङ जिल्लाको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ । केन्द्रले २०७५ असार २४ गतेदेखि निरन्तर विद्युत् उत्पदन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३