विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हरेक वर्षजस्तै यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन अर्थात् कात्तिक २६ गते देशभित्रको  विद्युत्‌काे उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेको रेकर्ड गरेको हो । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड १३०५ मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्‌गृहहरूबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्‌काे माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ  । गत वर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, याेजना अनुगमन तथा सूचना प्रणाली निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनाेज सिलवाल, विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी, बागमती प्रादेशिक कार्यालयका प्रमुख राजन ढकाल, प्रणाली सञ्चालन विभागका निर्देशक श्रीरामराज पाण्डे, भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई लगायत अधिकारीहरू लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार स्युचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा पुगेका थिए ।

घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलाशय आयोजनाको जडित क्षमता १०६ मेगावाट रहे पनि उच्च मागको समयमा १६ मेगावाटमा मात्र चलाइएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको स्वामित्वका अन्य विद्युत्‌गृहहरूबाट ४२० मेगावाट, माथिल्लो तामाकोसी, चिलिमे लगायत सहायक कम्पनीको स्वामित्वका विद्युत्‌गृहहरूबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युत्‌गृहहरूबाट ९९७  मेगावाट विद्युत्ले लक्ष्मीपूजाको माग र आपूर्ति व्यवस्थापन गरिएको थियो ।

विगत वर्षमा जस्तै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको घिसिङले बताए । २०७३ सालको  लक्ष्मीपूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit