विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । विभिन्न जिल्लामा पहिचान भएका ८ जलविद्युत आयोजनले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । निजी तथा सरकारी क्षेत्रले पहिचान गरेका ८६.२९५ मेगावाटका आयोजनाले आवेदन दिएका हुन । 

४ मेगावाटदेखि ३५ मेगावाट सम्मका ८ जलविद्युत आयोजनानले आवेदन दिएको विभागले जनाएको छ । विभागका अनुसार आवेदन दिएका आयोजनामध्ये सबैभन्दा ठुलो ३५ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना रहेको छ । अध्ययन पूरा भएको आयोजनाको निर्माण अनुमतिका लागि दार्चुला पावर प्रालीले आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी प्रालीले आवेदन दिएको १४.५ मेगावाटको बुदुम आयोजना रहेको छ । यो आयोजनाले २०७९ असोज २ गते निर्माण अनुमतिका लागि आवेदन दिएको थियो । 

९.३ मेगावाटको सिवाखोला जलविद्युत आयोजनाले पनि निर्माण अनुमतिका लागि आवेदन विभागमा दिएको छ । अध्ययन पूरा भएको यो आयोजनाको मेवा डेभलपर्सले २०७९ असोज ५ गते आवेदन दिएको हो । 

यस्तै, ४.८ मेगावाटको स्याल्कु खोला स्मल, ५.४ मेगावाटको रावा खोला, ६.३ मेगावाटको सभा खोला सि (क्यासकेड), ६.२ मेगावाटको तल्लो खानी–बी, ४.७९५ मेगावाटको सुपर इवा खोला जलविद्युत आयोजनाले निर्माण अनुतिका लागि विभागमा आवेदन दिएको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३