विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मुलुकमा स्वदेशी बिजुली उत्पादनले आपूर्ति धान्न नसकी भारतबाट आयात गर्नुपरिरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनाको भान्सामा बिजुली प्रयोग गर्न आग्रह गरेकी छन् ।

प्रधान सेनापति प्रभुराम शर्मासँग आज (आइतबार) मन्त्री भुसालले भेटवार्ता गर्दै विद्युत खपत प्रवद्र्धनका लागि सहयोग गर्न सेनालाई आग्रह गरिन् ।
सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन् ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौँ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’

भुसालले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्ने गरी निर्णय लिन पनि आग्रह गरिन् । आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत खपत हुँदा हाम्रो पुँजि बाहिर जाँदैन ।’

नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै भुसालले आगामी दिनमा जलविद्युत परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरिन् ।

भेटमा प्रधान सेनापति शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । ‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न शुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।’

प्रधान सेनापति शर्माले आफूले विद्युतीय गाडी नै चढ्ने गरेको मन्त्री भुसाललाई अवगत गराएका थिए । सेनाले आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेमा शर्माले विश्वस्त तुल्याएको सचिवालयले जनाएको छ । 

वातावरण संरक्षण र देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि विद्युत खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै शर्माले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत विकासमा पनि लगानी गर्न सक्ने बताए । शर्माले जलविद्युत परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए । 

मन्त्री भुसालले ठूला होटलका साथै रेष्टुराँमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्दै आएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३