काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडकाे सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।
कम्पनीका सञ्चालक तुकप्रसाद पौडेलले दिएको राजीनामा सञ्चालक समितिको असार २५ गते बसेको बैठकले स्वीकृत गरेकाे थियाे । उक्त रिक्त पदमा पराजुलीलाई नियुक्त गरिएकाे कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत् आयोजना सञ्चालन गरिरहेकाे छ । माई खोलाले २०७२ फागुनदेखि र माई क्यासकेडले २०७२ माघदेखि नियमित विद्युत् उत्पादन गरिरहेका छन् ।