विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा निर्माणाधीन १० मेगावाटको सौय आयोजनाको काम ९० प्रतिशत पूरा भएको छ । झापा इनर्जीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

७९ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ ।

झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार ६०० सोलार प्यानल जडान गरिने उनले जानकारी दिए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ । यो आयोजनाको निर्माण दुई महिनाभित्र सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र सिभिल बैंकले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ ऋण लगानी छ । २० करोड रुपैयाँ सेयरदाताबाट लगानी गरिएको उनको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए ।

विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताइन् । उनले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताइन् । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ । झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ ।

आयोजनाको सबै काम पूरा गरी मंसिरभित्र उत्पादन गर्ने लक्ष्य रहेको अर्यालले जानकारी दिए । आयोजनाबाट वार्षिक १७.६१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत एक किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन निर्माणकाे काम पनि सकिएको अर्यालले बताए ।

कम्पनीले आयोजनाको विद्युत खरिदका लागि प्राधिकरणसँग २०७८ मंसिर १२ गते विद्युत खरिद सम्झौता (पिपिए) गरेको थियो । सम्झौता अनुसार प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँले विद्युत खरिद गर्नेछ ।

तीन वर्षअघि कम्पनी दर्ता गरी आयोजनाको निर्माण प्रक्रिया सुरु भएकाे थियाे । स्थलगत काम भने ७ महिनाअघि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit