विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जी–आई सोलार कम्पनीले मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका हात्तीमुडामा  ६.८ मेगावाटको सौर्य आयोजनाको काम सुरु गरेको छ ।

आयोजनाको काम असार पहिलो सातादेखि सुरु गरिएको कम्पनीका कार्यकारी निर्देशक गणेश बहादुर ढुंगनाले बताए । उनका अनुसार अहिले आयोजनाको सोलार प्यानल मिलाउने, जग खन्ने काम भइरहेको छ ।

‘आयोजनाको काम तीव्र गतिमा भइरहेको छ’, उनले ऊर्जाखबरसँग भने, ‘आगामी मंसिरभित्र सबै काम पूरा गरेर उत्पादन सुरु गर्ने लक्ष्य छ ।’ 

आयोजना सम्पन्न गर्न करिब ५८ कराेड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाकाे प्रतिमेगावाट लागत ८ कराेड ५० लाख रूपैयाँ अनुमान गरिएकाे छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको दुहवी सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । आवश्यक ५ किलोमिटर लामो लाइनको काम पनि सुरु भएको छ । यसको काम मंसिर पहिलो साताभित्र सम्पन्न गरिनेछ ।

पछिल्लो समय सौर्यमा ऊर्जामा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । जलविद्युत आयोजना भन्दा छिटो र सस्तो मूल्यमा आयोजनाको काम पूरा हुने भएकोले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । मिश्रित ऊर्जाको अवधारणका कारण पनि सौर्य आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit