विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ८, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सात जलविद्युत् कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । आर्थिक वर्ष २०७६/७७ को आर्थिक प्रतिवेदन पेश नगरेको भन्दै कारोबारमा रोक लगाएको हो ।

नेप्सेका अनुसार ती जलविद्युत् कम्पनीको आइतबारबाट दोस्रो बजारको कारोबार रोक्का गरिएको छ । कारोबार रोक्का भएका कम्पनीहरूमा नेपाल हाइड्रो डेभलपर लिमिटेड, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, राधी विद्युत् कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनियन हाइड्रो पावर कम्पनी लिमिटेड छन् ।

नेप्सेले यसबारे सोमबार (माघ २६ गते) सूचना निकालेर यसको जानकारी गराएको छ । अर्बौं रुपैयाँ खोलामा खन्याएर जलविद्युत् आयोजना निर्माण गर्ने निजी क्षेत्रले यसरी वार्षिक प्रतिवेदन बुझाउन गरेको लापरबाहीलाई लज्जास्पद मान्नुपर्छ । कारोबार रोकिँदा सम्बन्धित सेयरधनी तथा कारोबारकर्ताले समस्या भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३