विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुई जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय, सर्वसाधारण र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि छुट्याएको साधारण सेयर बिक्री खुल्ला गरेका छन् । मनकामना इीन्जनियरिङ हाइड्रो पावर कम्पनी लिमिटेड र चिरख्वा हाइड्रो पावर लिमिटेडले आज (साउन २८ गते) देखि सेयर आवेदन खुल्ला गरेका हुन् ।

मनकामना इन्जिनियरिङ्गले सर्वसाधारणका लागि र चिरख्वा हाइड्रोले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि खुल्ला गरेको जानकारी दिएका छन् । मनकामनाले साढे २२ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गर्दा बिक्री नभएको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थप गरी जम्मा २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखा जिल्लामा ५ मेगावाटको घट्टे खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।
यसैगरी, चिरख्वा हाइड्रोले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर प्रभावित स्थानीयका लागि निष्कासन गरेको छ ।

साथै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको  ८० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको छ ।

सेयर न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आयोजना  प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूले छिटोमा भदौ १० गतेसम्म र  ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भदौ १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

स्थानीय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit