विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र निजी क्षेत्रको तर्फबाट जलविद्युत् विकासमा परामर्शदाता तथा निर्माणको काम गर्दै आएको जेड कन्सल्ट प्रालिबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

एमओयू अनुसार केयूसँगको सहकार्य तथा समन्वयमा जेड कन्सल्टले पूर्वाधार विकासमा सहजीकरण गर्ने । हरित हाइड्रोजन ल्याब विस्तार गर्नेछ । हाइड्रोजन अनुसन्धान तथा उत्पादनमा समेत कम्पनीले केयूसँग मिलेर काम गर्ने जनाइएको छ ।

दुवै पक्षले जलविद्युत् तथा हरित हाइड्रोजनसहितको नवीकरणीय ऊर्जा विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने पनि एमओयूमा उल्लेख छ । भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्न सकिने सम्भावित व्यावसायिक कामका विषयमा समेत सहकार्य हुने जनाइएको छ ।

विगत दुई दशकदेखि जलविद्युत् विकासमा काम गर्दै आएको जेड कन्सल्टले आयोजनाका लागि पराशर्म सेवा, अध्ययन तथा निर्माणमा समेत काम गर्दै आएको छ । जलविद्युत्मात्र नभएर पूर्वाधारका अन्य क्षेत्रमा समेत कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit