विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले अघि बढाएको ४३९ मेगावाट क्षमताको आंशिक जलाशय बेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्णप्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् । ऊर्जासचिव स्तरीय निर्णयबाट उक्त आयोजनाको उत्पादन अनुमतिपत्र प्रदान गरिएको हो । अनुमति पत्र प्रदान गर्न सचिव आचार्यले आयोजनाको निर्माण समयमै सक्न आवश्यक निर्देशनसहित शुभकामना दिए । 

वर्षौँदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अघि नबढी उत्पादक र लगानीकर्ता र सञ्चयकर्ता निराश भइरहेका बेला ऊर्जामन्त्री दीपक खड्काको निर्देशनपछि भारतीय अपर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अन्ततः अनुमति प्रदान गरिएको सचिव आचार्यले जानकारी दिए ।  सो अवसरमा आयोजना क्षेत्रका जनप्रतिनिधि कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरू पुष्पबहादुर शाह, शेरबहादुर कुँवर र हृदयराम थामीको समेत उपस्थिति थियो ।

उत्पादन अनुमतिपत्र ग्रहण गर्दै कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाटै समाधान गर्दै अनुमति दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ऊर्जा मन्त्री दीपक खड्का, सचिव सुरेश आचार्य, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीप्रति विशेष आभार व्यक्त गरे । साथै, आयोजनालाई निर्धारित समयमै निर्माण सम्पन्न गर्ने दृढ प्रतिबद्धता पनि व्यक्त गरे । 

कर्मचारी सञ्चयकोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानी रहने आयोजनाको कुल लागत करिब ९३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारीहरू र २५ प्रतिशत स्थानीय तथा सर्वसाधारणको सहभागिता रहने छ ।

अब निर्माण कार्य तत्काल सुरु गरी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको वित्तीय व्यवस्थापन चुनौतीपूर्ण मानिए पनि प्रमुख संस्थागत लगानीकर्ताहरूको सहभागिताले आयोजना सफलतापूर्वक सम्पन्न हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३