विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । वर्ष २०८२ साल अर्थात् बैशाखदेखि चैतसम्म नेपालमा कुल २३ आयोजना सञ्चालनमा आई ५३२ मेगावाटभन्दा बढी विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थपिएको छ । यो उपलब्धि जलविद्युत् र सौर्य विद्युत् दुवै मार्फत हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा जलविद्युत्‌बाट ४९९.१७ मेगावाट र सौर्य विद्युत्‌बाट ३३ मेगावाट विद्युत् थपिएको छ । यो समेत गरी हालसम्म नेपालको विद्युत् कुल जडित क्षमता करिब ४१०० मेगावाट पुगेको छ । साथै, राष्ट्रिय प्रणालीमा नजोडिएको अर्थात् वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा उत्पादित विद्युत्‌को हिस्सा करिब १०३ मेगावाट रहेको छ ।

यो वर्ष ४४०.६३ मेगावाटका १९ आयोजना व्यापारिकरूपमा नै सञ्चालनमा आएका छन् भने ९१.५४ मेगावाटका ४ वटाले परीक्षण उत्पादन गरिरहेका छन् । यो सम्पूर्ण उपलब्धि हिसाब गर्दा चालु वर्ष चैतसम्म देशमा जम्म उपलब्ध विद्युत् (अन ग्रिड र अफ ग्रिड) ४२०० मेगावाट पुगेको देखिन्छ ।

यस वर्ष सञ्चालनमा आएका मध्ये सिन्धुपाल्चोकस्थित मध्यभोटेकोसी (१०२ मेगावाट) सबैभन्दा ठूलो आयोजना हो । यस्तै, म्याग्दीमा माथिल्लो राहुघाट (४८.५ मेगावाट), ताप्लेजुङको मेवा खोला (५० मेगावाट), कास्कीको माद्मे खोला (२४ मेगावाट) र म्याग्दीको ठुलो खोला (२१.३ मेगावाट) प्रमुख आयोजना हुन् ।

यसैगरी, सौर्य आयोजनाहरूमा पशुपति रिन्यूएबल्स प्रा.लि. ले कपिलवस्तुमा निर्माण गरेको धरमपुर सोलार फार्म (१५ मेगावाट र १० मेगावाट) यसै वर्ष थपिएका हुन् । साथै, सुनसरीको दुहबी सोलार आयोजना (८ मेगावाट) पनि सञ्चालनमा रहेको छ । यसबाट देशमा ऊर्जा मिश्रणको दायरा समेत फराकिलो हुँदै गएको देखिन्छ ।

परीक्षण चरणमा रहेका आयोजनामध्ये ताप्लेजुङको मेवा खोला (५० मेगावाट), म्याग्दीको अपर ठुलो खोला–ए (२२.५ मेगावाट), भोजपुरको लोअर इर्खुवा (१३.०४ मेगावाट) र सोलुखुम्बुको बुकु खोला (६ मेगावाट) छन् । यी आयोजनाबाट छिटै व्यापारिक उत्पादन सुरु हुने बताइएको छ ।

यो सबैजसो आयोजना निजी क्षेत्रको लगानीमा निर्माण भएका हुन् । उत्पादनको दायरा फराकिलो हुँदै गए पनि प्रसारण लाइन विस्तार, ग्रिड स्थायित्व, भण्डारण आयोजना विकास तथा मौसमी असन्तुलन व्यवस्थापनका चुनौती बढिरहेको छ ।

वर्ष २०८२ मा निर्माण पूरा भई सञ्चालनमा आएका विद्युत् आयोजनाहरूको विवरण

क्र.सं.

विकासकर्ता कम्पनी

आयोजनाको नाम

स्थान

जडित क्षमता (मे.वा.)

पिपिए मिति

व्यावसायिक सञ्चालन

आयोजना प्रकार

१

पशुपति रिन्यूएबल्स प्रा.लि.

धरमपुर सोलार फार्म–१

कपिलवस्तु

१०

—

२०८२/०१/०४

सौर्य

२

पशुपति रिन्यूएबल्स प्रा.लि.

धरमपुर सोलार फार्म–२

कपिलवस्तु

१५

—

२०८२/०२/२८

सौर्य

३

हिम पर्वत हाइड्रोपावर प्रालि

सागु खोला–१

दोलखा

५.५०

२०७५/०४/१०

२०८२/०४/०८

आरओआर

४

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक प्रालि

अपर तादी

नुवाकोट

११

२०६८/१२/०३

२०८२/०४/१२

आरओआर

५

टुण्डी पावर प्रालि

राहुघाट मङ्गले

म्याग्दी

३५.५०

२०७५/०३/२९

२०८२/०४/२०

आरओआर

६

सोलु हाइड्रोपावर

लोअर सोलु

सोलुखुम्बु

८२

२०७०/०७/१५

२०८२/०४/२४

आरओआर

७

काबेली हाइड्रोपावर कम्पनी प्रालि

काबेली–३

ताप्लेजुङ

२१.९३

२०७५/१०/०३

२०८२/०५/०८

आरओआर

८

माबिलुङ इनर्जी प्रालि

अपर पिलुवा खोला–३

संखुवासभा

४.९५

२०७५/१२/१२

२०८२/०६/०४

आरओआर

९

मिडल भोटेकोसी जलविद्युत्

मध्यभोटेकोसी

सिन्धुपाल्चोक

१०२

२०६८/०७/२८

२०८२/०६/२०

आरओआर

१०

हिम पर्वत हाइड्रोपावर प्रालि

सागु खोला

दोलखा

२

२०७५/०४/१०

२०८२/०६/२५

आरओआर

११

संयुक्त ऊर्जा लिमिटेड

ठुलो खोला

म्याग्दी

२१.३०

२०७५/०२/१७

२०८२/०५/०९

आरओआर

१२

हिम स्टार ऊर्जा कम्पनी लिमिटेड

बुकु कपाटी

ओखलढुंगा

५

२०७४/१०/११

२०८२/०५/१४

आरओआर

१३

टुण्डी पावर लिमिटेड

अपर राहुघाट

म्याग्दी

४८.५०

२०७५/०३/२९

२०८२/०७/०७

आरओआर

१४

शैलेश्वरी पावर नेपाल प्रालि

अपर गाडिगाड

डोटी

१.५५

२०७५/०४/०६

२०८२/०७/०९

आरओआर

१५

दरम खोला हाइड्रो इनर्जी लिमिटेड

दरम खोला

बागलुङ/गुल्मी

९.६०

२०७३/१०/०९

२०८२/०७/२३

आरओआर

१६

रिलाएबल हाइड्रोपावर कम्पनी प्रालि

खोरुङ्गा खोला

तेह्रथुम

४.८०

२०६९/०८/२६

२०८२/०९/०१

आरओआर

१७

मादमे खोला हाइड्रोपावर प्रालि

माद्मे खोला

कास्की

२४

२०७५/०४/१५

२०८२/०९/१२

आरओआर

१८

ग्लोबल इनर्जी एन्ड कन्स्ट्रक्सन प्रालि

दुहबी सोलार

सुनसरी

८

२०७५/०६/२५

२०८२/१०/२८

सौर्य

१९

ठुलो खोला हाइड्रोपावर प्रालि

अपर ठुलो खोला–ए

म्याग्दी

२२.५०

२०७५/०४/२४

परीक्षण

आरओआर

२०

एपोलो हाइड्रोपावर प्रालि

बुकु खोला

सोलुखुम्बु

६

२०७०/०२/०२

परीक्षण

आरओआर

२१

युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि

मेवा खोला

ताप्लेजुङ

५०

२०७४/०२/२१

परीक्षण

आरओआर

२२

लोअर इर्खुवा हाइड्रोपावर कम्पनी प्रालि

लोअर इर्खुवा

भोजपुर

१३.०४

२०७५/०२/१६

परीक्षण

आरओआर

२३

नेक्स्ट इन्फ्रा प्रालि

सिद्धि खोला

इलाम

१०

 

परीक्षण

 

जम्मा

५३२.१७

 

 

 

स्रोतः नेपाल विद्युत् प्राधिकरण

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३