विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
माथिल्लो तामाकोसीले ह्वात्तै बढायो अर्थतन्त्रको आकार

काठमाडौं । निर्माण पूरा भई गत आर्थिक वर्ष (आव २०७७/७८) को अन्त्यदेखि सञ्चालनमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीले अर्थतन्त्रको ग्राफलाई ह्वात्तै माथि उकासेको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी) मा विद्युत तथा ग्यास क्षेत्रको कूल मूल्य अभिवृद्धि (जिभिए) साढे ३६ प्रतिशतभन्दा बढी हुनुमा मुख्यतः तामाकोसीको योगदान देखिएको हो ।

केन्द्रीय तथ्यांक विभागले आज (बैशाख १५ गते) चालू आर्थिक वर्षको ६ देखि ९ महिनासम्मको उपलब्ध तथ्यांकको अध्ययन र बाँकी अवधिमा हासिल हुने उपलब्धिको अनुमानका आधारमा उल्लेखित विवरण बाहिर ल्याएको हो । विभागका अनुसार विद्युत, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवाले चालू आवको जिडिपीमा १.३७ प्रतिशत योगदान दिने अनुमान गरिएको छ ।

यस क्षेत्रको कूल मूल्य अभिवृद्धि (जिभिए) अघिल्लो आर्थिक वर्ष (आव २०७७/७८) को तुलनामा चालू आवमा ३६.६७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो आवको अन्त्यमा माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु भएका कारण यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार भएको जनाइएको छ ।

यसैगरी, द्वित्तीय क्षेत्र अन्तर्गतका उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्रको जिडिपीमा १३.७ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आवको तुलनामा चालू आव २०७८/७९ मा यस क्षेत्रको जिभिए वृद्धिदर स्थिर मूल्यमा १०.२९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

यहाँ पनि माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन भएपछि यसले निर्माण कार्य तथा औद्योगिक उत्पादनमा वृद्धि गराएको उल्लेख छ । तामाकोसीकै कारण भारतबाट आयात गर्नुपर्ने विद्युतमा समेत उल्लेख्यमात्रामा कमी आएको छ ।

चालू आवको ६ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूको विश्लेषणका आधारमा जिडिपीको वृद्धिदर ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । सोही वृद्धिदर गत आवमा ३.८३ प्रतिशत अनुमान गरिएको र आव २०७६/७७ मा २.४२ प्रतिशत ऋणात्मक रहेको विभागले उल्लेख गरेको छ ।

बुहत् आर्थिक क्षेत्रअनुसार चालू आवमा प्राथमिकता क्षेत्रको २.४४, द्वित्तीय क्षेत्रको १०.२९ र सेवा क्षेत्रको ५.९३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । प्राथमिक अन्तर्गतको कृषि, वन तथा मत्स्य र खानी उत्खनन् क्षेत्रले चालू आवमा कूल जिडिपीको २४.५ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ ।

यस्तै, सेवा अन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेशागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्दछन् । यो क्षेत्रले चालू आवमा कूल जिडिपीमा ६१.८ प्रतिशत योगदान पुर्याउने अनुमान छ ।

चालू आवको जिडिपीमा अनुमानित ५.६५ प्रतिशत योगदान दिएको उद्योग क्षेत्रको कूल मूल्य अभिवृद्धि ६.१४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । जिडिपीमा निर्माण क्षेत्रले ६.१७ प्रतिशत योगदान पुर्याउने अनुमान रहेकोमा चालू आवमा यस क्षेत्रको जिभिए ९.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३