विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दैलेख जिल्लाको द्वारी खोलामा ३.७५ मेगावाटको द्वारी खोला स्मल जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि पहिलो चरणको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक राजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३ सय रकम बराबरको सय रुपैयाँ अंकित ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार  निष्कासित सेयर मध्ये आयोजनाबाट अति प्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर र आयोजनबाट प्रभावित स्थानीयका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो । 

यस्तै, वैदेशिक रोजगारीका लागि जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७ सय रकम बराबरको सय रुपैयाँ अ‍ैकित १० लाख ८८ हजार १ सय ७ कित्ता सेयर मध्येको १ लाख ८ हजार ८ सय ११ कित्ता सेयर निष्कासन गर्नेछ । 

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनत्तम १० कित्ता देखि अधिकत्तम ३० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोनगारीमा गएका नेपाली नागरिकले फागुन २५ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको उक्त आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit