काठमाडौं । माया खोला हाइड्रो पावर कम्पनी लिमिटिडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छु्ट्याएको सेयर शुक्रबार (माघ १३ गते) देखि आवेदन खुल्ला गरेको हो ।
प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले छिटोमा माघ १७ गते र ढिलोमा माघ २७ गतेसम्मा आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।