काठमाडौँ । रुकुम पूर्वको स्याला सुर्पा गाउँमा पहिलो पटक पुग्यो राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । जिल्लाको भूमे गाउँपालिका–६ मा पर्ने उक्त गाउँका ६० घरमा पहिलो पटक राष्ट्रिय प्रसारणको बिजुली बालिएको हो । यस गाउँमा हालसम्म कुनै पनि स्रोतको बिजुली उपलब्ध नहुँदा यहाँका आम नागरिक अँध्यारोमा बस्न बाध्य थिए ।
यस ठाउँमा ५० केभिएको ट्रान्सफर्मर जडान गरी बत्ती बालिएको नेपाल विद्युत् प्राधिकरणको रुकुम पूर्व वितरण केन्द्रका प्रमुख प्रमोद खनालले जानकारी दिए ।
उनका अनुसार भूमे–८ कोर्जाका करिब १०० घर परिवारमा लघु जलविद्युत् आयोजनाको विद्युत् भरपर्दाे नभएपछि यही ट्रान्सफर्मरबाट विद्युत् लाइन विस्तार गरी विद्युत पुर्याइएको छ ।
गाउँमा बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको छ ।