विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन

काठमाडौँ । तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वनलाई सट्टाभर्ना दिने जग्गा खरिद गर्नका लागि इच्छुक जग्गाधनीसँग जग्गा बिक्रीको प्रस्ताव आह्वान गरेको छ । उक्त प्रसारण लाइनको रुटअन्तर्गत संखुवासभाको खाँदवारी नगरपालिका–२, ८, ९ र १० मा पर्ने राष्ट्रिय वन क्षेत्रको २८.४८ हेक्टर (करिब ५५९.८२ रोपनी) जग्गा प्रयोग गरेबापत सट्टाभर्ना दिन प्राधिकरणले सोही क्षेत्रफल बराबरको जग्गा खरिद गर्न प्रस्ताव आह्वान गरेको हो ।

व्यक्ति वा संस्थाको नाममा कायम रहेको तथा मापदण्डभित्र पर्ने निजी जग्गा बिक्री गर्न चाहेमा इच्छुक व्यक्ति वा संस्थाले बिक्रीका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न सक्ने भन्दै विद्युत् प्राधिकरणको प्रसारण निर्देशनालयले बुधबार सूचना जारी गरेको छ । सूचना अनुसार जग्गा बिक्री गर्न चाहने व्यक्ति वा संस्था स्वयम्ले आफ्नो जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि, नागरिकता, चालू आर्थिक वर्षमा भूमिकर बुझाएको रसिदको प्रतिलिपि सहितका कागजात एउटा खाममा र सो जग्गा के‐कति दररेटमा प्रदान गर्न सकिने हो सोको मूल्य छुट्टै खाममा सिलबन्दी गरी यो प्राधिकरणको प्रसारण निर्देशनालयमा प्रस्ताव पेश गर्न सक्नेछन् ।

हाल राष्ट्रिय वन क्षेत्रमा पूर्वाधार आयाेजना निर्माण गर्नुपरे आयाेजनाले प्रयाेग गरेकाे जति नै जग्गा सट्टाभर्ना दिनुपर्ने र साे जग्गामा वृक्षाराेपण गरी ५ वर्षसम्म हुर्काएर हस्तान्तरण गर्नुपर्ने कानुनी प्रावधान छ ।

यस्ता छन् मापदण्ड

(क) राष्ट्रिय वनक्षेत्रसँग सिमाना जोडिएको एकल जग्गा वा वनक्षेत्रसँग सिमाना जोडिएको जग्गासँगै सिमाना जोडिएका जग्गाधनीहरूबाट २८.४८ हेक्टर (करिब ५५९.८२ रोपनी) पुग्ने गरी संयुक्त निवेदन प्राप्त भएका जग्गाहरूलाई प्राथमिकता दिइनेछ । यदि २८.४८ हेक्टर (करिब ५५९.८२ रोपनी) जग्गा एउटै ठाँउमा उपलब्ध नभएको खण्डमा कम्तीमा १०० रोपनी जग्गा एउटै ठाउँमा एकल वा संयुक्त रूपमा प्रस्ताव पेस गर्नु पर्नेछ ।

(ख) संयुक्त रूपमा प्रस्ताव गर्ने जग्गाधनीहरूले माथि उल्लेखित सम्पूर्ण कागजातसहित प्रस्ताव दर्ता गर्ने व्याक्तिको नाममा छुट्टाछुट्टै मञ्जुरीनामा प्रस्ताव सँगै पेस गर्नु पर्नेछ ।

(ग) म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारबाही गरिने छैन ।

(घ) प्रस्तावित जग्गाहरू समुद्र सतहबाट १००० मिटरभन्दा तलको उचाइमा अवस्थित हुनुपर्ने तथा मुख्यतः साल तथा चिलाउने प्रजातिको रुखबिरुवा विकास गर्न सक्ने जग्गा हुनुपर्ने छ ।

(ङ) प्रस्तावको प्राविधिक र आर्थिक प्रस्तावको खाम बाहिर (जग्गा उपलब्ध गराउने सम्बन्धी प्राविधिक प्रस्ताव/आर्थिक प्रस्ताव) भनी स्पष्ट रूपमा छुट्टाछुट्टै उल्लेख गरेको हुनुपर्ने छ ।

(च) प्राविधिक मूल्याङ्कनबाट छनोट भएका जग्गाहरूमध्येको न्यूनतम रकम कबोल गरेको प्रस्ताव मात्र स्वीकार गरिने छ ।

(छ) तथापि कुनै कारणले जग्गा खरिद गर्न नसकेको अवस्थामा प्राधिकरणले यो प्रस्ताव माग खारेज गर्न सक्ने छ । प्रस्ताव पेस गरेबापत लाग्ने कुनै पनि किसिमको खर्च प्राधिकरणले प्रस्तावदातालाई बेहोर्ने छैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३