विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जुम्लाको तातोपानी गाउँपालिकास्थित २१४ किलोवाटको गिडिखोला जालपादेवी लघुजलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत ‘नेट मिटरिङ’ गर्ने भएको छ । खपत नभएको विद्युत प्रसारण प्रणालीमा लिने तथा अपुग भएको बेला त्यहाँका उपभोक्तालाई विद्युत दिने गरी ‘नेट मिटरिङ’ गर्न लागिएको हो ।

स्थानीय लगानीकर्ताले लघुजलविद्युत केन्द्रको विद्युत लिइदिन आग्रह गर्दै आएकाले ‘नेट मिटरिङ’ गरेर लिने/दिने गरीको प्रक्रिया अघि बढाएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए । उनका अनुसार स्थानीय लगानीकर्ता समक्ष ‘नेट मिटरिङ’ गर्ने सहमतिपछि प्रक्रिया अघि बढेको हो ।

‘लघुजलविद्युत केन्द्रका लगानीकर्ताले गत बर्खादेखि नै प्राधिकरणलाई विद्युत खरिद गरिदिनुपर्यो भनेर आग्रह गर्दै आएका थिए,’ उनले ऊर्जा खबरसँग भने,‘अहिले नेट मिटरिङ गरेर बढी भएको विद्युत लिने र आवश्यक परेको बेलामा प्राधिकरणले ग्रिडको विद्युत दिने सहमति गरेका छौं ।’ उनले ‘नेट मिटरिङ’का लागि निजी ऊर्जा उत्पादकलाई सरह हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ विद्युत खरिद–बिक्रीको दर निर्धारण गरिएको बताए ।

वितरण केन्द्रको प्रस्ताव प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाइसकिएकाले कार्यकारी निर्देशकबाट स्वीकृत भएपछि कार्यान्वयन हुने रावलले जानकारी दिए । प्राधिकरणले विद्युत लिएको अवस्थामा लघुजलविद्युत केन्द्रलाई यो दरअनुसार भुक्तानी गर्नेछ भने लघुजलविद्युत केन्द्रले लिएको अवस्थामा प्राधिकरणलाई भुक्तानी गर्नुपर्नेछ ।

जालपादेवी स्थानीय क्षेत्रको विद्युतीकरणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहयोगमा स्थानीयले मिलेर निर्माण गरेका हुन् । २ वर्षअघि मात्रै निर्माण भई सञ्चालनमा आएको यो लघुजलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत स्थानीय क्षेत्रमा वितरण गरिएको छ । अनुदानबाहेकको ४० प्रतिशत लगानी स्थानीयले गरेका छन् । ६० प्रतिशत अनुदानको लगानी छ ।

गत बर्खामा आएको बाढीले संरचनामा क्षति पुर्याउँदा केही महिनासम्म विद्युत उत्पादन बन्द हुन पुगेको थियो । मर्मतपछि अहिले सञ्चालनमा आइसकेको छ । गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ मा यो लघुजलविद्युत केन्द्रले उत्पादन गरेको विद्युतबाट विद्युतीकरण गरिएको छ । लघुजलविद्युत केन्द्रले आफैं वितरण लाइन निर्माण गरेर विद्युतीकरण गरेको छ ।

जुम्लामा यसै वर्ष गत साउनमा पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको हाे । जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेपछि ग्रिडको विद्युत सेवा लिन माग बढेको छ । 

गत बर्खाको बाढीले क्षतिग्रस्त अधिकांश लघुजलविद्युत केन्द्रहरू अहिलेसम्म पुनर्निर्माण तथा मर्मत भई सञ्चालनमा आउन सकेका छैनन् । स्थानीयले लघुजलविद्युत केन्द्रको मर्मत गरेर सञ्चालन गर्नुभन्दा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा लिन चासो लिएकाले प्राधिकरणलाई विद्युतीकरण विस्तार गर्नुपर्ने चुनौती छ ।

वितरण केन्द्रले अहिले तिला गाउँपालिकाको ४ नम्बर वडाका ५ सय घरधुरीममा विद्युत पहुँद पुर्याउन सापुल्लीदेखि नुवाकोटसम् वितरण लाइन विस्तार गरिरहेको छ । तातोपानीका वडा नम्बर ७ र ८ मा पनि विद्युत पहुँच पुर्याउन ठेकेदार नछोटको प्रक्रियामा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit