विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राजिनामापछि आफ्नो राजनैतिक चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन् । पुनले मन्त्री पदबाट राजिनामा दिएको भोलिपल्ट सामाजिक सञ्जालमा आफ्नाबारेमा कुप्रचार गरिएकाले त्यसप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमको बिरोध गरेका कारण त्यसबाट डराएकाहरूले आफ्नो राजनैतिक चरित्र बिग्रिने गरी सामाजिक सञ्जालमा जथाभावी लेखिरहेको आरोप लगाएका छन् । उनले मन्त्री पदबाट राजिनामा दिइसकेपछि आइतबार नै मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा सरकारी सामान नलगेको पनि प्रष्ट पारेका छन् ।

‘म पदबाट राजिनामा दिएकै दिन मन्त्री निवास छाडेर डेरामा सरेको छु,’ उनले साेमबार एक वक्तव्य जारी गरेर भने, ‘डेरा सर्दा सरकारी सामान लगिएको भन्ने गलत आरोप लगाएर कुप्रचार गर्ने प्रयास भएको छ ।’ उनले गलत प्रचार गर्ने क्रम नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिएका छन् ।

पुनले संसद विघटन गरेर निर्वाचनमा जानु प्रधानमन्त्री ओलीको गलत कदम भएको भन्दै मन्त्रीपरिषद बैठकमा आपत्ति जनाएका थिए । दिउँसो पुनले अन्य मन्त्रीहरूसँगै सामूहिक राजिनामा दिएका थिए । राजिनामापछि मन्त्री निवास छाड्नेक्रममा सरकारी समान पनि लिएर गएको आरोप पुनमाथि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit