विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी भुमही–हकोई डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासी जिल्लामा लाइन निर्माण गर्न लागेको हो । 

जिल्लाको सुनवल नगरपालिकाको चारपालमा रहेको प्राधिकरणको सबस्टेसनदेखि साेही जिल्लाकै रामग्राम नगरपालिकामा प्रस्तावित हकोई सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार करिब १४.३६ किलोमिटर लामो लाइन निर्माण गर्न अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन पेश गरिएको छ ।

विभागले लाइन निर्माण गर्न प्राधिकरणको नाममा अनुमतिपत्र दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १५ बमोजिम प्राधिकरणलाई अनुमतिपत्र दिन लागेको हो । प्राधिकरणलाई अनुमति पत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनुअघि लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागिएको छ । विभाग तथा प्राधिकरणको कार्यालयमा आइपुग्ने गरी सरोकारवालाबाट राय/सुझाव मागिएको छ ।

२ सय मेगावाट विद्युत प्रसारण क्षमता भएका लाइनमा ५१ वटा टावर निर्माण गरिनेछ । लाइनको एक टावरदेखि अर्को टावरसम्मको सरदर दुरी न्यूनतम २ सय देखि अधिकतम ५ सय मिटरसम्म हुनेछ । लाइन निर्माण सुरु भएको ३ वर्षमा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit