विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन भएको मुनाफाबाट सेयरधनी सदस्यलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

सेयरधनीलाई गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सञ्चालक समितिबाट भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी पुस २८ गतेका लागि तय भएको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।

साधारणसभाअघि पुस १६ गतेसम्म कायम सेयरधनीहरूले लाभांश पाउने छन् । कम्पनीले हरेक वर्ष लगानीकर्तालाई लाभांश दिँदै आएको छ ।
कम्पनीको लगानी रहेका १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला र ४ मेगावाटको खुदी जलविद्युत आयोजना सञ्चालनमा छन् । 

सहायक कम्पनीमार्फत ३० मेगावाटको न्यादी र ३६.४ मेगावाटको काबेली ‘ए’ निर्माणाधीन छन् । १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी, १६० मेगावाटको मुगु कर्णाली, ७.९ मेगावाटको चिनो खोला, मस्र्याङ्दी क्यासकेड आयोजना अघि बढाउने गरी अनुमति पत्र लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३