विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी ऊर्जा प्रालिले निर्माण गरेको व्यवसायिक वायो ग्यास प्लान्टबाट दैनिक ५ टन अर्गानिक मल उत्पादन हुँदै आएको छ । ग्यास उत्पादनमा उपयोग हुने फोरोरबाट खेतबारीका लागि अर्गानिक मल पनि उत्पादन भइरहेको हो ।

वायो ग्यास प्लान्टले उत्पादन गर्ने मललाई अन्नपूर्ण अर्गानिक मल नाम दिएर बिक्रीका लागि बजारमा ल्याएको कम्पनीका निर्देशक कुशल गुरुङले बताए । उनका अनुसार ४० किलोको तौलको अर्गानिक मल व्यावसायिक खेतीका लागि र ३ किलो तौलको अर्गानिक मल कौशी खेतीका लागि बजारमा ल्याइएको छ ।

दैनिक ५ टन बढी मल उत्पादन भइरहे पनि अपेक्षकृतरूपमा यसले बजार पाउन नसकेको गुरुङले गुनासो गरे । ‘बर्खामा धान खेती लगाउन किसानले रसायनिक मल पाएनन् भन्ने सुनियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यता हाम्रो मलले अझै बजार पाउन सकेको छैन ।

कम्पनीले कास्कीमा दैनिक ६ सय टन वायो ग्यास उत्पादन गर्ने क्षमताको वायो ग्यास प्लान्ट निर्माण गरेको छ । प्लान्टबाट उत्पादन हुने वायो ग्यास होटल, रेन्टुरेन्ट तथा अस्पतालमा बिक्री वितरण हुँदै आएको छ । 

कोरोना (कोभिड–१९) महामारी अघि भर्खरै बजार लिन सुरु गरेको वायो ग्यासको बिक्री वितरणमा पनि असर पुगेको उनले बताए । कारोना महामारीका बेला होटल, रेष्टुरेन्ट बन्द हुँदा वायो ग्यासको खपत खटेको उनले बताए । 

विस्तारै होटल तथा रेष्टुरेन्ट व्यवसाय खुल्न सुरु गरे पनि ग्राहकको चाप नहुँदा वायो ग्यासले बजार पाउन अझै समय लाग्ने कम्पनीले जनाएको छ । प्लान्ट पूर्ण क्षमतामा चल्न नपाउँदा दैनिक लाखौं रुपैयाँको ग्यास खेर गइरहेको उनले बताए । वायो ग्यास प्लान्टका सञ्चालनका लागि गाई भैंसीको गोबर, कुखुराको सुली, उखु तथा वियर उद्योगबाट उत्पादन हुने फोरोरको प्रयोग हुँदै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit