विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले उपल्लो मुस्ताङको लोमाङथाङ्गसम्म विद्युतीकरण विस्तार गरेपछि जिल्लामा पूर्ण विद्युतीकरण भएको हो ।

भर्खरै उपल्लो मुस्ताङमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा विस्तार भएपछि जिल्लाका सबै घरधुरीमा विद्युत सेवा पुगेको प्राधिकरण तातोपानी वितरण केन्द्र प्रमुख सुनिल सापकोटाले बताए । उनका अनुसार ‘उज्यालो गण्डकी’ अभियान कार्यक्रमअन्तर्गत प्रदेश सरकारको बजेटमा विद्युत प्राधिकरणले कागबेनीदेखि लोमाङथाङ्गसम्म २५ किलो मिटर लामो वितरण लाइन विस्तार गरी विद्युत सेवा पुर्याएको छ ।

विद्युतीकरण विस्तार हुँदा ७ सय घरधुरी विद्युत सेवाबाट लाभान्वित भएका छन् । विद्युतीकरण विस्तार गर्न स्थानीय निलगिरि विद्युत उपभोक्ता समूहलाई मिटर उपलब्ध गराइएको थियो । पातलो बस्ती भएका स्थानमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा विस्तार गर्न लागत बढी लाग्ने हुँदा यस्ता स्थानमा लघु तथा सौर्य विद्युत आयोजनाको विद्युतबाट सेवा पुगेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेका ४ सय घरधुरीमा लघु जलविद्युत तथा सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युतबाट विद्युतीकरण गरिएको छ । जिल्लाका सबै घरधुरीमा विद्युत सेवा पुगेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गत असोज २२ गते घोषणा गरेका थिए । 

अहिले चीनसँग सीमा जोडिएको लोमाङथाङ्गको कोराला भञ्ज्याङसम्म ११ केभी वितरण लाइन विस्तार गर्ने कार्य भइरहेको वितरण केन्द्रले जनाएको छ । अहिले बस्ती नभए पनि भविश्यमा चीनसँगको व्यापारिक नाका विकास गर्ने उद्देश्यले विद्युत लाइन पुर्याउन लागिएको हो ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit