काठमाडौं । गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रो पावर लिमिटेडको साधारण सभा पुस १८ गते हुने भएको छ । यी दुई कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष सभाको मिती तय गरेको हो ।
कम्पनीका अनुसार सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान, हिसाब नगद प्रबाह लगायत विषयमा छलफल गरिनेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लोखा परिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।
गौरशंकर पावरले आयोजना गरेको साधारण सभा पुस १८ गते दिउसो ३ बजे र एपेक्स मकालुले आयोजना गरेको सभा दिउसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यलयमा हुनेछ ।