काठमाडौं । मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडको साधारण सभा पुस १३ गते हुने भएको छ । सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले उक्त सभामा मिती तय गरेको हो ।
कम्पनीका अनुसार उक्त साधारण सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा÷नोक्सान, हिसाब नगद प्रबाह लगायत विषयमा छलफल गरिनेछ । साथै, आर्थिक वर्ष २०७९÷८० को लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रम समेत निर्धारण गर्ने जनाइएको छ ।
कम्पनीले आयोजना गरेको साधारण सभा पुस १३ गते विहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यलयमा हुनेछ । कम्पनीको दोलखामा ७ मेगावाटको सुरी खोल जलविद्युत आयोजना सञ्चालनमा छ ।