विद्युत अपडेट

  • प्राधिकरण : ९०६४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५४२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९१९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३६३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९११ मे.वा.
२०८२ भदौ ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सेती खोला हाइड्रोपावर लिमिटेडले १.८७३ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । कास्कीको पोखरा महानगरपालिका–३३ मा कम्पनीले प्रवर्द्धन गरिरहेको २२ मेगावाटको खेती खोला जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न उक्त लाइन निर्माण गर्न लागेको हो ।

प्रसारण लाइन निर्माणका लागि अनुमति माग्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले लेखनाथ–दमौली १३२ केभी प्रसारण लाइनको टावर नम्बर ५६ बाट ‘लुप इन’ गर्ने र आयोजनाको स्विचयार्डमा ‘लुप इन लुप आउट’ संयन्त्र निर्माण गरी पुनः लेखनाथ–दमौली प्रसारण लाइनको टावर ५६ बाट ‘लुप आउट’ गर्ने गरी आयोजना निर्माण गर्न लागेको हो ।

विभागका अनुसार अनुसार प्रसारण लाइन अन्तर्गत ८ वटा तावरहरू निर्माण गरिने छ । एसिएसआर ‘बेयर’ कन्डक्टर जडान गरिने लाइनका टावरको उचाइ अधिकतम ३० मिटर रहने र टावरबीचको दूरी १५६ देखि ४१३ मिटरसम्म रहने छ । टावर निर्माणका लागि ०.०६४८ हेक्टर र विद्युत् मार्ग (राइट अफ वे) मा पर्ने ३.३०६६ हेक्टर गरी कुल ३.३७१४ हेक्टर जग्गा आवश्यक पर्ने छ । लाइनको निर्माण ८ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको लाइनबाट १६० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने छ ।

प्रसारण लाइन निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रभाव पर्ने देखिए ३५ दिनभित्र आफ्नो लिखित राय प्रतिक्रिया दिन आग्रह गर्दै विभागले बिहीबार (साउन २२ गते) सूचना जानरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३