विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको क्षतिग्रस्त संरचना सरसफाइका क्रममा निस्किएका कवाडी सामान चोरी भएको छ । सबै जना तिहारको रमझममा रमाइरहेका बेला कवाडी समान चोरी भएको हो । माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले कवाडी चोरी भएको खबर थाहा पाउनासाथ प्रहरीमा जाहेरी दिएको ऊर्जा खबरसँग बताए । प्रहरी अनुसन्धानबाट चाँडै चोर पहिचान हुनेमा आफूहरू विश्वस्त भएको उनको भनाइ छ ।

गत असोज १२ गतेको भीषण पहिरोले माथिल्लो तामाकोसीको हेडवर्क्समा रहेका डिस्याण्डर, कल्भर्ड र सुरक्षा कक्ष भवनमा क्षति पुगेको थियो । पहिरो गएपछि विद्युत् उत्पादनलाई नियमित गर्न आपत्कालीन रूपमा जम्मा भएको पहिरो पन्छाउने, क्षतिग्रस्त संरचना हटाउने काम जारी छ । क्षतिग्रस्त संरचना हटाउने क्रममा रड, फलामका टुक्रा, तारहरू कवाडी सामानका रूपमा रूपमा निस्किएका थिए । 

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आकस्मिक रूपमा क्षतिग्रस्त संरचनाको मर्मत र सरसफाइका लागि रोल्वालिङ खोला जलविद्युत् आयोजनामा कार्यरत निर्माण व्यवसायी हाइ हिमाल कन्ट्रक्सनलाई जिम्मा दिएको छ । निर्माणको जिम्मा ठेकेदारलाई दिए पनि त्यहाँबाट निस्केका कवाडी भने तामाकोसीकै सम्पति हुन्छ । 

हाइ हिमालका साइड इञ्चार्ज त्रिरत्न महर्जनले अपर तामाकोसीले दैनिक हिसाबमा सरसफाइ तथा मर्मतको काम मात्रै गराएको र कवाडी सामान छेउमा भण्डार गरी राखेको बताए । आफ्नो तोकिएको काम मात्रै गर्ने तर कवाडी सुरक्षाको काम अपर तामाकोसीकै भएकाले यसबारे आफूलाई थप जानकारी नभएको उनको भनाइ छ । 

डिस्याण्डर सफाइ र मर्मतमा खटिएका एक कर्मचारीका अनुसार लक्ष्मी पूजाको राती ११ बजेसम्म आफूहरू साइडको काममै हुँदासम्म सामान साविककै ठाउँमा रहेको जानकारी दिए । भोलिपल्ट विहानै साइडमा आउँदा सामान हराएको देखिएकाले सोही राती सामान चोरी  भएको हुन सक्ने आशंका गरे । 
चोरी भएको कवाडीसहित इलाका प्रहरी कार्यालय सिंगटीले सिंगटीबाट २ हजार किलोग्राम कवाडीसहित एक व्यवसायीलाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा सिंगटीमा व्यापार गर्दै आएका विभिचन भन्ने ४८ वर्षीय रविकृष्ण महतो रहेका छन् । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए । 

पहिरोसँगै माथिल्लो तामाकोसीको २ तले सुरक्षा भवनमा ५६० केभीए क्षमताका ट्रान्सफर्मर, २ वटा जेनेरेटर, आल्मुनियमका मोटा मोटा केबल तार, केन्ट्रोल केबलहरू, अर्थिङ कण्डक्टरहरू पुरिएका थिए । जलविद्युत् केन्द्र लामाबगरमा सशस्त्र प्रहरीको बीओपी, सीमा प्रहरी चौकी, गोंगरमा रोल्वालिङ प्रहरी चौकी, सशस्त्र प्रहरीको पोष्ट र नेपाली सेनाको समेत चेक पोष्ट रहेको छ । 

यसअघि पनि माथिल्लो तामाकोसीकै शुरूङभित्र रहेका ठूला क्रेनका करोडौँ मूल्यका केबल चोरी भएको छ । त्यसको पनि चोर पत्ता लाग्न सकेको छैन । हाल जलविद्युत् केन्द्रको क्षतिग्रस्त बाँया साइटको पोखरी मर्मत गरी विद्युत् उत्पादन सुचारु गर्ने गरी काम जारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३