विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेशनमा रहेको १३२/३३ केभीको करेन्ट ट्रान्फर्मर (सिटी) पड्केर आगलागी भएको छ । बढी विद्युत् प्रवाह (ओभर लोड) हुँदा बुधबार बिहान करिब ७ः३० बजे उक्त ट्रान्सफर्मर पड्किएर आगलागी भएको हो ।

हाल आगो नियन्त्रणमा आइसकेको र कहाँ कहाँ क्षति भयो भन्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले ऊर्जा खबरलाई बताए । ‘सबस्टेशनको ठूलो ट्रान्सफर्मर पड्किएको होइन,’ उनले भने, ‘फिडरमा कति विद्युत् गयो भनेर मापन गर्न जडान गरिएको (घरायसी विद्युत् मिटर जस्तै काम गर्ने) करेन्ट ट्रान्फर्मर पड्किएको हो ।’

आगलागीबाट उक्त ट्रान्सफर्मरमा जडान गरिएका केबल (तार) समेत जलेको प्राधिकरणको ग्रिड विकास विभागका निर्देशक कमल आचार्यले बताए । उनका अनुसार आगलागीबाट सिन्धुलीतर्फ जाने ३३ केभी फिडरतर्फको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । त्यस्तै यहाँबाट आपूर्ति भइरहेकाे सिन्धुली, धनुषा, महाेत्तरी र सर्लाहीका केही भागमा समेत यहाँबाट दिइएकाे आपूर्ति अवराेध भएकाे छ । सबै क्षेत्रमा हाल विद्युत् अवरुद्ध भएका क्षेत्रको आपूर्ति सुचारु गर्न अर्कोतर्फबाट लाइन जाेडेर आपूर्ति दिने काम भइरहेकाे छ ।

हाल सर्लाही र सिन्धुलीमा अर्काे तर्फबाट लाइन दिएर आपूर्ति पूर्ण रुपमा सुचारु भइसकेकाे प्राधिकरणकाे जनकपुर प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवले बताए । 'अब धनुषाकाे ५० प्रतिशत क्षेत्र र महाेत्तरीकाे ७५ प्रतिशत क्षेत्रमा विद्युत् सुचारु हुन बाँकी छ,' उनले भने, 'हामी सबैतिर विद्युत् आपूर्ति छिटाे सुचारु गर्न प्रयासरत छाैँ ।'

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३